तुलसीपुर, २५ असोज । नजिकको यातायातका लासग सहज विकल्पका रुपमा सार्वजनिक यातायात सेवा प्रदान गर्दै आएका अटा ेव्यवसायीहरुले पछिल्लो समयमा सार्वजनिक यातायातमा असहजता ल्याउनथालेपछि त्यसलाई व्यवस्थीत गर्न सामुहिक पहल थालिएको छ । अटेरी गर्ने अटोव्यवसायीलाइ कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।
बजारमा यात्रुहरुको माग भन्दा पनि अत्यधिक बढी अटोहरु आएपछि पछिल्लो समयमा अटो व्यवसायीहरुको सार्वजनिक यातायात सेवा लगामविहिन भएको छ । यसलाइ नियन्त्रण गर्ने निकायको नियमनकारी निकायको नियमित अनुगमनको अभावमा नगरपालिकाले तोकेको भाडा समेत कार्यन्वयनमा आउन सकेको छैन ।