तुलसीपुर, २५ असोज । राप्ती ब्रोडकास्टिङ प्रालि अन्तर्गतको एसटिएन च्यानलले जिल्लाबाट पहिलो पटक प्रदेशस्तरीय नृत्य तथा गायन प्रतियोगिता गर्ने भएको छ ।
पहिलो चरणणमा तुलसीपुरको समिक्षालयबाट आउंदो कात्तिक ११ गते प्रतिभा छनौटको कार्यक्रम सुभारम्भ हुने बताइएको छ । हरेक जिल्लाबाट नृत्य र गायन क्षेत्रका दुई÷दुई जना प्रतिभा छनौट हुने छन् ।