घोराही, २२ असोज । दाङको हापुरमा आगलागिबाट पिडित परिवारलाई घोराही उपमहानगरपालिकाले खाद्यान्न र कपडा सहयोग गरेको छ । घोराही उपमहानगरपालिका ११ हापुर हिकमपुरका हरिबहादुर बिकको घरमा ग्यास चुहिएर शुक्रबार आगलागि भएको थियो ।
अग्नि पिडितलाई चामल, तेल, नुन, दाल, स्वयाबिन, नमकिन, विस्कुट र दुई वटा व्ल्यांकेट उपमहानगरले पिडितलाई सहयोग गरेको हो । आगलागिबाट घरमा रहेका अन्नपात, लत्ताकपडा, गरगहना र नागरिकता एवं लालपूर्जा जलेर नष्ट भएको पिडित बिकले जानकारी दिनुभएको छ । शरिरमा रहेको कपडा बाहेक अन्य कुनै पनि बस्तुहरु बचाउन नसकेको उहाँको भनाई छ । ४ जनाको परिवार रहेको विकको परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।