घोराही, २१ असोज । आगामी मंसीर २१ गते हुने प्रदेश सभाको निर्वाचनकालागि प्रदेश सभा सदस्यमा युवा नेता सुदिप गौतमको नाम सिफारिस भएको छ । कांग्रेस दाङ साविक क्षेत्र नम्बर २ र ३ को बैठकले प्रदेश सभा सदस्यकालागि समानुपातिक तर्फ गौतमको सिफारिस गरेको हो । दाङको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्यकालागि उहाँ सिफारिसमा पर्नुभएको छ ।
विद्यार्थी जिवनमा लामो समयसम्म नेविसंघको राजनिति गर्नुभएका गौतम कांग्रेस सहित भातृ संघसंगठनदेखी सामाजिक संघसंस्थामा पनि आवद्ध भएर काम गरिसक्नुभएको छ ।
नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनीधी, नेविसंघको जिल्ला उपाध्यक्ष, नेविसंघको केन्द्रिय सदस्य, नेपाल पत्रकार महासंघ दाङको अध्यक्ष, नेपाल प्रेस युनियन दाङको अध्यक्ष, नेपाल प्रेस युनियनको केन्द्रिय सदस्य, पापड दाङको सचिव, मानवअधिकार शान्ती समाजको केन्द्रिय सदस्य भएर काम गरिसक्नुभएका गौतम हाल नेपाल टे«ड युनियन कांग्रेस दाङको जिल्ला वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ भने पत्रकार महासंघ दाङको सल्लाहकार, नेपाल प्रेस युनियन दाङको सल्लाहकार हुनुकासाथै विभिन्न सामाजिक संघसंस्था एवं सञ्चार संघसंगठनको सल्लाहकार हुनुहुन्छ ।
२०६२/०६३ सालको जनआन्दोलनमा गौतमको महत्वपूर्ण योगदान रहेको छ । यस आन्दोलनका नेतृत्वकर्तामध्य गौतम पनि एक हुनुहुन्छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी गौतम राप्ती सन्देश अनलाईनको सम्पादक हुनुहुन्छ ।