असोज २१, दाङ । राप्ती क्षेत्रको सर्वाधिक लोकप्रिय एवं प्रतिष्ठित खुल्ला नृत्य प्रतियोगिता उत्सर्ग डान्सिङ स्टार ४ को शनिबार घोराहीमा भएको तेस्रो राउण्डको प्रतिष्पर्धाबाट १० जना छानिएका छन्। छानिनेहरुमा रिया राना, एलिशा पुन मगर, जेनिसा विस्ट, मनिषा थापा, चाँदनी जीएम, यमुना कुवँर, संहिता अधिकारी, प्रेक्षा रेग्मी, सुष्मा बिक र सन्ध्या पाण्डे रहेका छन् । यी दश प्रतिष्पर्धीहरुले फाइनल राउण्डमा उपाधीका लागि प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितामा सिजल अधिकारी, योजना आचार्य र आदर्श योगीलाई विशिस्ट प्रतिभामा चयन गरिएको छ । तेस्रो राउण्डको निर्णायकमा नृत्य प्रशिक्षक सुष्मा केसी कुवँर हुनुहुन्थ्यो ।