आर.के. शीतल
दाङ, ६ असोज । गृह मन्त्रालयले दाङ लगायत देशैभर आजदेखी नयाँ कार्यक्रम सुरु गरेको छ । मन्त्रालयले देशभर एकैसाथ एकै समयमा ‘शान्ति सुरक्षा र शुसासन जनमैत्री प्रहरी र प्रशासन’ कार्यक्रम सुरु गरेको हो । यो कार्यक्रमको दाङमा पनि सुरु गरिएको छ । आज शुक्रवार जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङले औपचारिक कार्यक्रमको आयोजना गरि अभियानको सुरु गरेको हो ।
यस अभियानमा एक प्रहरी एक टोल वा एक निश्चित क्षेत्र निश्चित गरी नक्सांकन सहितको कार्यक्षेत्र तयार गर्ने, स्थानीय टोल सुधार समितिहरू गठन गरि सामाजिक कार्य गर्ने, निर्धारित क्षेत्र भित्र सिसि टिभी तथा साइरन जडान गर्ने, शहरी र ग्रामिण क्षेत्रमा रहेका स्थानीय तहहरुमा रहेका होटेल तथा लजहरुमा अनिवार्य रुपमा परिचय खुल्ने वातावरण निर्माण गरिने अवाले बताउनुभयो । त्यस्तै एक प्रहरी समाजको एक परिवारसँग वर्षमा कम्तीमा दुई पटक अनिवार्य रुपमा भेट्ने कार्यको थालनी गर्ने, जिल्ला, गाँउ तथा वडास्तरमा रहेका सबै सरोकारवाला राखी “प्रहरी हाम्रो टोलमा“ विषयक महिनामा एक पटक अनिवार्य अन्तरक्रिया कार्यक्रमहरू संचालन गर्ने,सामाजिक सघंसस्था, क्लवहरू, समुहरु तथा टोल सुधार समितिहरूसंगको सहकार्यमा सबै स्थानमा महिनामा कम्तीमा एक पटक सरसफाइ लगायतका कार्यक्रमहरू नियमित रुपमा संचालन गर्ने उहाँले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आचार्यको अध्यध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यता एव घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता न्यौपाने र स्थानीय विकास अधिकारी कुलबहादुर जिसीको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रममा बोल्ने बक्ताहरुले प्रहरीको नयाँ कार्यक्रमले सामाज शान्ति सुरक्षा काययसँगै अपराधिक घट्नाहरुको न्यूनिकरणमा सहयोग पु¥याउने बताएका थिए ।
शान्ति स्थापनाका प्रहरी र नागरिकहरुका विचमा सहकार्य आवश्यक रहेको भन्दै बक्ताहरुले एक टोल एक प्रहरीले नागरिक र प्रहरीको समन्व सुधार गर्ने बताएका थिए । अपराध न्यूनीकरण हुने खालका कार्यक्रम महिला हिसां, लागु औषध दुव्र्यसनी, मदिरा सेवन र जुवातास नियन्त्रण, मानव वेचविखन तस्करी नियन्त्रण लगायत अन्य स्थानीय स्तरमा पहिचान भएका र हुन सक्ने कार्यक्रमहरू अभियानका रुपमा सञ्चालनमा सहज पुग्ने बताए उनीहरुको भनाई छ । गुण्डागर्दी नियन्त्रण, महिला हिंसा र दुव्र्यवहारको अन्त्य न्यूनीकरण, तस्करी, ठगी, लुटपाट लागुऔषध तथा यसका कारोवारहरुको नजिकबाट निगरानी तथा नियन्त्रण, नागरिकको जनसांख्यिक अभिलेखमा तयार गर्ने लगायतका योजनाहरु रहेका सहभागीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक धनदेव साउदको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक रञ्जन अवाले अभियानबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा नेपाली काग्रेस दाङ क्षेत्र नं.३ का क्षेत्रीय सभापति भुपबहादुर डागी, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बिष्णु पुन, सल्लाहकार भुपेन्द्र सुवेदी, त्रिभुवन नगर जेसिज घोराहीका अध्यक्ष दिपक शर्मा, काठेकोहल टोल विकास सस्थाका अध्यक्ष नारायणप्रसाद श्रेष्ठलगायतले कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सुभाव दिएका थिए । कार्यक्रमको सञ्चालन सामुदायिक प्रहरी सेवा केन्द्र दाङका सचिव आर.के.शीतलले गर्नुभएको थियो ।