भाद्र ३१ दाङ । नेपाल सञ्जीवनी नर्सिङ् कलेज घोराही दाङमा शुक्रबार प्रथम वर्षका छात्राका लागि स्वागत तथा दसै मिलन कार्यक्रम सम्पन्न भएको छ । कलेजमा अध्ययनरत प्रथम वर्षका छात्राका स्वागतका लागि कलेजले यस्तो कार्यक्रमको आयोजना गरेको हो । कलेजकी प्रिन्सिपल रेश्मा थापाकोे सभापति तथा व्यवस्थापन समितिका सदस्य देवा रजौरेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति पनि राखिएको थियो ।
कार्यक्रममा प्रथम वर्षका छात्राहरुले ‘फेसन सो’ गरेका थिए । फेसन सोका क्रममा विद्यार्थीहरुले विभिन्न जातिको संस्कृति झल्काएका थिए । साथै कार्यक्रममा छात्राहरुले विभिन्न गीत पनि गाएका थिए । प्रदर्शित फेसन सोमा ‘मिस फेसन’का रुपमा चिज कुमारी मगरले उपाधि जितेकी थिइन् । कार्यक्रममा आस्था देवकोटा, सुनिता रोका, चिजकुमारी मगर,नमुना बुढा लगायतले गीत गाएका थिए ।
कार्यक्रममा शिक्षक आदिम के.सी. शिक्षिका मनिला श्रेष्ठ, ज्योति राई, सुमी गुरुङ, कमला पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण छात्रा निरुता आर सी र दिव्या गौतमले गरेका थिए ।