दाङ, २६ भदौ । उत्सर्ग फिल्मस प्रालि नेपालद्धारा प्रदान गरिने वर्ष रंग पत्रकारिता पुरस्कार इन्द्रेणी अनलाइनका सम्पादक एवं पर्यटन पत्रकार संघका केन्द्रीय महासचिव केशरमान बुढाथोकीलाई प्रदान गरिने भएको छ ।
यघिका वर्षहरुमा पत्रकार दुर्गालाल केसी र उदय जीएमलाई प्रदान गरिएको उक्त पुरस्कारको राशी पाँच हजार रहेको छ । उक्त पुरस्कारबाट पुरकृत हुन लागेका बुढाथोकीलाई इन्द्रेणी अनलाइन र नेपाल पर्यटन पत्रकार संघले अग्रीम वधाइ दिएको छ ।