Indrenionline.com

विश्वकर्माको शोकमा दाङका सुनचाँदी पसल बन्द

इन्द्रेणी संवाददाता
दाङ २५ भाद्र । नेपाल सुनचाँदी ब्याबसायी संघका साधारण सदस्य तथा सुनचाँदी ब्याबसायी खिमु बिश्वकर्माको शोकमा आज दाङका सुनचाँदी पसल बन्द भएका छन् ।

दाङको घोराहीमा सुनचाँदीको ब्याबसाय गर्दै आएका प्यूठानी सुनचाँदी पसलका प्रोपराइटर खिमु विश्वकर्माको आफ्नै घरको कुवामा पानी तान्न खोज्दा करेण्ट लागेर ज्यान गएको हो ।

करेण्ट लागेर मृत्यु भएका विश्वकर्माको सोकमा दाङका सुनचाँदी पसल बन्द भएको नेपाल सुनचाँदी ब्याबसायी महासंघ दाङका अध्यक्ष तथा केन्द्रीय सदस्य ध्रुबकुमार गहतराजले बताउनुभयो ।