Indrenionline.com

रेडियोले सीमान्तकृतको आवाज वोल्नुपर्ने

तुलसीपुर ,२३ भदौ  । रेडियोले दलित, अल्पसंख्यक र सीमान्तकृतको आवाजलाई मुखरित गर्नुपर्ने तुलसीपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । उनीहरुले रेडियो अशिक्षितहरुको शिक्षाको ज्योति भएकाले सामाजिक दायित्वलाई मनन गर्न पनि आग्रह गरेका थिए । पब्लिक ज्ञानज्योति मावि तुलसीपुरमा आमसञ्चार तथा पत्रकारितामा अध्ययन विद्यार्थीहरुले आयोजना गरेको रेडियो पत्रकारिताको सामाजिक दायित्व विषयक अन्तक्र्रिया कार्यक्रममा वोल्दै कला, संस्कृतिको संरक्षण र संवद्र्धनमा रेडियोको भुमिका अहम् हुने पनि उनीहरुले वताएका थिए ।

पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुख वसन्त विवश आचार्यको प्रमुख आतिथ्यता एवम् विद्यार्थी पुष्पा परियारको अध्यक्षतामा भएको कार्यक्रममा रिमा वुढामगर, अंकीत आचार्य, फिरोज खान,सुशिला मल्ल, पुरुषोत्तम पौडेल, पदम भण्डारी, रमेश भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण सीता वलीले गरेकी थिइन् । विद्यालयले नियमित रुपमा पत्रकारिताका वारेमा अन्तक्र्रिया गर्दै आएको छ ।