घोराही १९ भदौ । घोराही उपमहानगरपालिका १७ घनिवगिया स्थित कमलपोखरी र टोलको झाँडी सरसफाई गरिएको छ ।
घोराही उपमहानगरपालिका १७ का वडा अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता र घोराही उपमहानगरपालिका वातावरण एवं विपद व्यवस्थापन समितिका संयोजक तथा १४ नं वडाका अध्यक्ष शक्तिराम डाँगीको प्रमुख आतिथ्यतामा उक्त सरसफाई गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डाँगीले सिंगो नगरलाई सफा राख्न गाउँटोलवाट जनताहरु सक्रिय भएर लागेमा अभियान सफल हुने बताए ।
कार्यक्रममा पत्रकार प्रकाश चौधरी, सुनौलो विहानी युवा क्लवका उपाध्यक्ष मनोज चौधरीले लगायतले बोलेका थिए ।