दाङ, १६ भदौ । प्रदेश नम्वर ५ को बिचोबीच भागमा रहेको दाङलाई राजधानी बनाउनका लागि यहाँका सरोकारवालाहरु सक्रिय बनेका छन् ।
भेलाले प्रदेश नम्वर ५ को केन्द्र बिन्दु मानेर दाङमा प्रदेशको उच्च अदालत र प्रदेशको प्रहरी प्रमुख कार्यालय राखेकोमा तत्कालिन प्रचण्ड सरकार र वर्तमान शेरबहादुर देउवाको नेतृत्वको सरकारलाई धन्यवाद ज्ञापन गर्ने, तत्काल प्रदेशको अस्थायी केन्द्र दाङमै तोक्नका लागि सरकारसँग आग्रह गर्ने, अस्थायी केन्द्र स्थापनाका लागि जिल्लामा समन्वयकारी भूमिका निर्वाह गर्ने, दाङलाई प्रदेशको राजधानी बनाउनका लागि प्रदेश नम्वर ५ मा रहेका सबै जिल्लासँग आवश्यक छलफल, समन्वय, अन्तक्र्रिया गर्ने निर्णय गरेको छ ।
यसैगरी भेलाले दाङका १० वटै स्थानीय तहका प्रमुख र उपप्रमुख, जिल्ला समन्वय समितिका सभापति र उपसभापतिलाई समितिको पदेन सल्लाहकारमा चयन गर्ने, समितिको काम कारवाहीलाई प्रभावकारी बनाउनका लागि जिल्लाका सबै सरोकारवाला निकायहरुसँग छलफल गर्ने निर्णय गरेको समितिका सदस्य सचिव नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले जानकारी दिएका छन् ।