घोराही, १६ भदौ । सनराईज एकेडेमी घोराही उपमहानगरपालिका १२ को अभिभावक भेला आज सम्पन्न भएको छ ।
भेलाले विद्यार्थीहरुको खाजा खर्च कटाएर बचत भएको १ हजार ४ सय ४५ रुपैया सहित विद्यालयको तर्फबाट गरि २५ हजार रुपैया बाढिपिडीतहरुलाई राहत स्वरुप प्रदान गर्ने निर्णय गरेको छ । कार्यक्रमको सहजिकरण विद्यालयका प्रिन्सीपल टिकाराम केसीले गरेका थिए ।