रबिन्द्र यादव
नवलपरासी १६ भाद्र । नवलपरासीको मुख्य पश्चिमी गण्डक नहरको सडक मर्मत कार्य स्थानीयले गरेका छन । त्रिबेणी व्यारेज पुल देखि १९.५ किलोमिटरमा रहेको मुख्य पश्चिमी गण्डक नहरको कालोपत्रे सडकलाई बिहीबार प्रतापपुर गाउपालिका वडा नं ६ झुलनिपुर भन्सार नजिक ठाउँमा स्थानीय र सशस्त्र प्रहरी बिअोपी गुठी परसौनीले संयुक्त रुपमा नहरको किनारको सडक मर्मत गरेका छन । सडकको छेउ छेउमा अबिरल पानीले करिब १० मिटर भन्दा बढि कटान गरि क्षति पुर्याएको छ र त्यसलाई नियन्त्रण गर्न स्थानीय र सशस्त्र प्रहरी हातेमालो गरि अगाडि बढेका छन ।
सम्झौतामा मर्मतका सम्पुर्ण कार्य भारतको विहार र उत्तर प्रदेशलाई जिम्मा दिइएको थियो तर भारतको उत्तर प्रदेश र बिहार सरकारलाई सडक मर्मत गर्न पटकपटक जानकारी गराउदा पनि त्यहाका सरकारले बेवास्ता गर्दै अाएको गण्डक नियन्त्रण संघर्ष समिति नवलपरासीका सचिव दुधनाथ गुप्ताले बताउनु भयो । गुप्ताका अनुसार वि स २०६४ सालमा नहरलाई ३४ दिन सम्म बन्द गरियो सम्बन्धित पक्षमालाई वार्तामा अाउन बाध्य बनाइयो र गण्डक कमान्ड क्षेत्रका साबिक त्रिबेणी सुस्ता, रुपवलिया, कुडिया, गुठी परसौनी, नर्सही, बैदौली, पक्लिहवा, ठुलो खरेटवा, भुजहवा, सोमनी , जमुनिया र प्रतापपुर लगायत १३ गाविसमा वि सं २०४९ साल देखि २०६४ साल सम्म ८ हजार ४ सय ६४ घरधुरीमा उक्त क्षेत्रमा पटकपटक बाढीले २ अरब ९३ करोड ६० लाख ८३ रुपैया धन क्षति भएको संकलन क्षतिपूर्ति अहिलेसम्म भारतले दिएको छैन ।
केही दिन अगाडि सुस्ता गाउपालिका वडा नं १ र २ का स्थानीयले गण्डक नहरका कारण बाढी अाउदा धनमालको क्षतिपूर्ति माग गर्दै नहर भत्काउने प्रयास समेत गरि सकेका छन । गण्डक नहरमा बनाइएको साइफनको सरसफाइ नहुदा वरिपरिका क्षेत्रमा किसानले लगाएका हजारौं विगहा खेती पानीको डुबानमा परेर बर्सेनि करोडौं को नुक्सान हुने गरेको छ ।