दाङ १४ भाद्र । दाङ देउखुरी समाज युएईले एक कार्यक्रमका बिच आज दाङ जिल्ला तुल्सीपुर उपमहानगरपालिका वडा नं। १३ को रनियापुर र दमारगाउँका कूल ७८ घरपरिवारलाई खाद्यान्न सहितको राहत वितरण गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि उपमेयर माया आचार्यले प्रवासमा रहेर पनि संगठित भई प्रवासमा सहित मातृभूमिमा समेत आईपर्ने विभिन्न प्राकृतिक एवं मानवीय संकटमा सहयोग गर्ने दाङ देउखुरी समाज युएईलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो भने समाजका सल्लाहकार चित्र नेपालीले समेत मातृभूमी आहत हुंदा प्रत्यक्ष रुपमै उपस्थित भएर राहतको मल्हम लगाउन पाएकोमा खुशी ब्यक्त गर्दै युएईबाट सहयोग पठाउने समाज , सदस्य पदाधिकारी एवं बिपत्तिमा सहयोग गर्ने सम्पूर्ण सहयोगीमनहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो त्यस्तै पिडित परिवारले समेत राहतका लागि समाजलाई धन्यवाद दिएका थिए भने उक्त कार्यक्रमको संचालन समाजका महासचिव एकराज रिजालले गर्नु भएको थियो।
बैदेशिक रोजगारीका सिलसिलामा संयुक्त अरव इमिरेट्स युएईमा रहेका दाङवासी हरु द्वारा सन् २०१५ मा स्थापना भएको उक्त समाजले यसअघि समेत भुकम्प पिडित सहित दाङका अग्निपिडित , बाढिपिडित संगै गम्भीर प्रकृतिका रोगहरु संग जुधिरहेका बिरामीहरुलाई समेत सहयोग गर्दै आईरहेको समाजले प्रथम चरणको राहत वितरणको शुरुवात भएको र अर्को चरण संगै युएईको संयुक्त संयत्रको राहत पनि छिट्टै वितरण गर्ने सचिव नारायण आचार्यले जानकारी गराउनु भयो।