इन्द्रेणी संवाददाता
दाङ, ११ भदौ । दाङको स्वर्गद्धारी अटो डिष्टिब्यूटरले सुजुकी कम्पनीले पछिल्लो सयममा बजारमा ल्याएको ‘न्यू सुजुकी डिजायर’ कारको लञ्च गरेको छ । आज आइतवार घोराहीस्थित डिष्टिब्यूटरमा कार्यक्रमको आयोजना गरी न्यू डिजायरको लञ्च गरेको हो ।
सो तीन मोडलको बजार मुल्य ३० लाख ८९ हजार, ३७ लाख ३९ हजार र ३९ लाख ३९ हजार रुपैयाँ रहेको छ । यो उच्च प्रविधिका साथ निर्माण गरिएकाले प्रतिलिटर २२ किलोमिटर माइलेस रहेको छ । उक्त कारहरुमा नयाँ प्रविधिको चेसीज, दुईवटा एरव्याक रहेका छन् । यो गाडी नेपाली सडकहरुमा उपयुक्त भएकाले सबैभन्दा वढी विक्री हुने गरेको पनि बताइएको छ ।