दाङ, ११ भदौ । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे अनाअवश्यक टिकाटिप्पनी गर्न आवश्यक नभएको बताएका छन् ।
आइतवार रिपोटर्स क्लव दाङले दाङको तुलसीपुरमा आयोजना गरेका पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले प्रधानमन्त्रीको भ्रमणको क्रममा पुराना सन्धि सम्झौंताहरुको मात्रै पुनराबलोकन भएको तर, नयाँ सन्धि सम्झौंता केही नभएको दावी गरे । उनले प्रतिपक्षी हुँ भन्दैमा राष्ट्रियताको सवालमा मनपरी बोलेर राजनीति नगर्न नेकपा एमालेलाई आग्रह गरे ।