Indrenionline.com

रोटरीको सामाजिक भुमिका प्रशंसनिय : प्रहरी प्रमुख चन्द

तुलसीपुर , १०  भदौ। दाङ्ग जिल्ला प्रहरी प्रमुख दुर्गा सिंह चन्दले रोटरीले सामाजिक कार्यमा प्रशंसनिय भुमिका खेलेको वताउनु भएको छ । रोटरी क्लव अफ तुलसीपुर सिटीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा अतिथि वक्ताको रुपमा वोल्दै चन्दले आफु रोटरीका वारेमा पहिल्यै देखि जानकार रहेको र यसको सामाजिक कार्यवाट प्रभावित समेत रहेको वताउनु भयो । उहाँले रोटरी जस्तो प्रतिष्ठित संस्थाबाट सम्मानित हुन पाउँदा आफु अत्यन्त खुसी रहेको समेत वताउनु भयो ।

चन्दलाई क्लवका अध्यक्ष तुफानवावु श्रेष्ठ, पुर्व अध्यक्ष अनुपकुमार श्रेष्ठले सम्मान एवम् स्वागत गर्नुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष विनिल केसीले सम्मानित चन्दको जीवनी प्रस्तुत गर्नुभएको थियो भने क्लवका पुर्व अध्यक्ष कुशल तर्तालले रोटरी र यसका गतिविधिका वारेमा जानकारी गराउनु भएको थियो । क्लवका पुर्व अध्यक्ष ललित वहादुर घर्तिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पुर्व अध्यक्ष विमल रिजाल, निवर्तमान अध्यक्ष विरवहादुर रावत, प्रस्तावित अध्यक्ष देवहादुर केसी, उपाध्यक्ष यज्ञवहादुर केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । रोटरियन दुर्गा वहादुर केसीले सहजिकरण गर्नुभएको कार्यक्रममा क्लवका उपाध्यक्ष सुरेश हमालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

यसैविच क्लवले ३ जना नवप्रवेशीहरुलाई क्लवमा स्वागत गरेको छ । क्लवका पुर्व अध्यक्ष विजयी केसीले नवप्रवेशी देवेन्द्र केसी, सन्दिपन रिजाल र मनोज वस्नेतलाई प्रवर्तन गराउनु भएको थियो । कार्यक्रममा उद्योग वाणिज्य महासंघको व्यापार मेला तथा महोत्सव प्रवद्र्धन समितिको सदस्यमा मनोनित हुनु भएका क्लवका भावी अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठलाई पनि वधाई तथा सम्मान गरिएको थियो ।