दाङ १० भदौ। नेपाल पत्रकार महासंघ दाङले साधारण सदस्य पार्वति बस्नेतका श्रीमान प्रमोद बर्माको मृत्यु रहस्यमय ढंगले भएको भन्दै तत्काल सत्यतथ्यरुपमा छानविन गरी दोषी उपर कार्वाहीको माग गरेको छ ।
त्यसैगरी महासंघको आयोजनामा अशोज १० गते दशै मिलन कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । बैठकले महासंघको केन्द्रीय अध्यक्षमा दाङ निवासी गोबिन्द आचार्य, र महासंघ दाङका साधारण सदस्य द्वय उपाध्यक्षमा विपुल पोख्रेल र सचिवमा उदय जि एम सहित सम्पूर्ण पदाधिकारी एवम कार्य समिति बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना गरेको पत्रकार महासंघ दाङका सहसचिव गोकर्ण पौडेलले जानकारी दिनभुएको छ ।