शरद रेग्मी
दाङ, १० भदौ । श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले युवाहरुलाई नेपालमै रोजगार दिलाउन आफु लागिपर्ने बताएका छन् ।
तुलसीपुरमा रिपोटर्स क्लब नेपाल दाङ शाखाले आयोजना गरेको बधाई तथा साक्षात्कार कार्यक्रममा मन्त्री चौधरीले धेरै भन्दा धेरै युवाहरुलाई रोजगारी दिनका लागी बिभिन्न रोजगारमुखी तालिम संचालन गर्ने पनि बताए ।