दाङ, १० भदौ । घरपरिवारको कमजोर आथिक अवस्थाका कारण दाङमा एकको उपचारमा समस्या भएको छ । घोराही उपमहानगरपालिका–५ स्थायी घरभै हाल घोराही–१० नारायणपुर निवासी अमृता नेपालीलाई घरपरिवारसहित आफनै श्रीमानले वेवास्था गरेपछि उपचारमा समस्या भएको छ ।
अस्पतालमा घाँटीको अप्रेसन गरेर उपचार गरेपछि करिब डेढ बर्षसम्म राम्रो भएको थियो तर अहिले फेरी बल्झीएको छ । छोरीको उपचारका लागि चितवनमा रहेपनि आर्थिक अभावका कारण चेक गराउने गरेपनि अप्रेसन गर्न नसकिएको विरामीका बुबाले फोनमा बताउनुभयो ।
बिरामीका बुबा नेपालीका अनुसार पहिलो पटक घाँटीको अप्रेसन गर्दा साँढे पाँच लाख रुपैया खर्च भएको र अहिलेपनि करिव ४÷५ लाख रुपैयासम्म लाग्ने अस्पतालले बताउने गरेको उनले बताए । दुई बच्चाकी आमा समेत रहेकी अमृताका श्रीमान ६ महिनादेखि सम्पर्क विहिन छन् ।
करिब नौ बर्ष पहिले प्रेम विवाह गरेका श्रीमान प्रताप नेपाली श्रीमतीलाई पुनः घाँटीको रोग बल्झीएको थाहा पाएपछि गत फागुन महिनादेखि सम्पर्क नरहेको अमृताको बुवाले बताए । अहिले पैसा पनि नपठाउने र फोन गर्दा समेत नउठाउने गरेको परिवारले बताउने गरेका छन ।
‘पहिलो पटक विरामी हुदाँ ज्वाईले दुई तीन लाख रुपैयासम्म विदेशवाट पठाउनुभएको थियो’– सुन्दरले भने– ‘अप्रेसन गरेको घाँउमा पुन समस्या देखिएको खवर पाएपछि छ महिनादेखि सम्पर्क विहिन छन ।’
अमृताको परिवारले उहाँलाई सहयोग गर्नकालागी राष्ट्रिय बाणिज्य बैकमा रहेको खाता नं. ४३६०००१३५०१० मा रकम जम्मा गरिदिन अनुरोध गरेको छ । अथवा मोबाईल नम्बर ९८४७९२४६६२ मा सम्पर्क गर्न सकिने छ ।