दाङ, ७ भदौ । वाढीपीडितका लागि दाङको तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरिएको ‘मेयर राहत कोष’ मा ३१ लाख रुपैयाँ जम्मा भएको छ ।
यसैबीच बुधवारनै स्थानीय समाजसेवी वामदेव शर्माले ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै लायन्स क्लव अफ दाङले २१ हजार सहयोग गरेको क्लवका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए । त्यस्तै घोराहीको सगरमाथ सिमेन्टले २ सय ५० प्याकेट चिउरा तथा दालमोट समेत सहयोग गरेको छ ।