जनक नेपाली
दाङ, ७ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका १३ मजघटुवास्थित वाढीपीडित २० घरदलित परिवारलाई राहत वितरण गरिएको छ । टेवा नेपाल र दलित महिला एकता केन्द्रको संयुक्त सहकार्यमा राहत वितरण गरिएको हो ।
बाढीका कारण उनीहरु आफन्त र गाउँलेहरुको बस्दै आएका छन् । उनीहरुलाई चामल, नुन, कपडा प्रदान गरिएको थियो ।