इन्द्रेणी संवाददाता
दाङ, ३२ साउन । उद्योग व्यापारीहरुको सझा संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा सयुक्त व्यवसायिक प्यानलका नारायण भुसाल विजयी भएका छन् ।
त्यसैगरी उद्योग उपाध्यक्षमा वसन्त जोशी, वाणिज्य उपाध्यक्षमा टंकसिह बुढाथोकी, महासचिवमा नरेश कार्र्की, सचिवमा मायाकुमारी पोख्रेल र कोषाध्यक्षमा सुशील पोख्रेल विजयी भएका छन् । यी सबै प्रजातान्त्रिक प्यानलका हुन् ।
त्यसैगरी सदस्यमा सयुक्त प्यानलबाट महेन्द्र बुढाथोकी, रामप्रसाद पोख्रेल, पिताम्बर शर्मा विजयी भएका छन् भने प्रजातान्त्रि प्यानलबाट उद्योग सदस्य टंकप्रसाद पोख्रेल, महिला सदस्य बिन्दु दाहाल, सदस्यहरू धनपति शर्मा, मिनराज भाट र छविनारायण गिरी विजयी भएका छन् । मतपरिणा अनुसार अध्यक्षसहित तीन सदस्य सयुक्त प्यानलका विजयी भएका हुन् भने अरु सबै प्रजातान्त्रिक प्यानलका विजयी भएका छन् ।
