संजय कुशवाहा
नवलपरासी ३१ साउन । नवलपरासी लगायत देशका बिभिन्न ठाऊँहरुमा लागातार परेको अबिरल बर्षाका कारण पानीको बहावले खोला,नाला लगायत नदिहरूको ठोकरहरूमा कटान गरेको छ ।
त्यस्तै गरि सुस्ता गाउँपालिका वडा नं ४ नर्सहीमा गएराती हरेकसाल जस्तै यो साल पनि नारायणी नदिको जल स्तर बढे पछी ठोकर संख्या १३ मा करिब २० मिटर कटान गरेको स्थानियहरुले बताएका छन।
आईतवार नदीको जलस्तर खतराको सुचक ३ लाख ८० हजार पार गर्दै करिब १४ बर्ष नारायणीको जलस्तर पछी ५ लाख २५ क्युसेक मापन गरिएको सिचाई बिभागले जनाएको छ । नारायणीको जलस्तर सन् २००३ मा करिब ६ लाख ४० हजार क्यसेक पुगेको थियो ।
नदीको जलस्तर लागातार बढे पछि ठुलो बाढी जान सक्ने हुदाँ आसपास भएका साविक गा.वि.स कुडिया,नर्सहि,पक्लिहवा,गुठी परसौनी,गुठी परसौनी लगायतका क्षेत्रहरुको स्थानीयबासीहरूलाई सचेत रहन आग्रह समेत गरिएको थियो ।बाढी प्रभावित क्षेत्रका हजारौ मानिसहरु त्रसितभएर सुरक्षित ठाँऊहरुमा जान बाध्य भएका थिए ।नदिको जलस्तर लागातार बढदै गएपछि त्रिबेणी स्थित गण्डक ब्यारेजको पुरै ढोका खुला गरिएको हो।