तुलसीपुर ३० साउन । हेल्पिङ हेन्ड्स दाङले फुलबारीका बाढि पीडितहरुका लागि राहात संकलन शुरु गरेको छ । सोमबार पहिलो दिन ७ हजार ५ सय नगत तथा करिब ३५ हजार बराबरको राहात सामाग्री संकलन भएको सल्लाहकार हेमराज साहुले जानकारी दिए ।
तुलसीपुरको बिरेन्द्र चोक देखी बाहिनी सम्मका पसलहरुबाट उक्त राहात संकलन भएको उनले जानकारी दिए । साहुका अनुसार तुलसीपुर क्षेत्रका व्यबसायी, संघसंस्थालगायत बिभिन्न व्यक्तित्वबाट सहयोग संकलन गर्न थालिएको छ । आज सोमबार दुई बजे देखी ५ बजे सम्म सहयोग संकलन गरिएको थियो । हेल्पिपङ हेन्ड्स दाङ परिवार व्यानर लिएर राहत संकलनका लागि अनुरोध गरिरहेको छ ।