इन्द्रेणी संवाददाता
दाङ, २९ साउन । दाङमा सर्वाधिक राशीको क्रिकेट प्रतियोगिता हुने भएको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा प्रदेश नम्बर ५ को सर्वाधिक राशीको प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा प्रथम हुनेले एक लाख १० हजार नगदसहित शिल्ड मेडल प्रमाणपत्र र आकर्षण गिफ्ट पाउने छन् । त्यस्तै दोस्रोे हुने टिमले ५० हजार नग सहित शिल्ड मेडल प्रमाणपत्र र आकर्षण गिफ्ट पाउने छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार नगदसहित शिल्ड मेडल प्रमाणपत्र र आकर्षण गिफ्ट, बेस्ट बलर र ब्याटसम्यानलाइ ५÷५ हजार नगदसहित शिल्ड मेडल प्रमाणपत्र र आकर्षण गिफ्ट र प्रत्येक म्यान अफ दि म्याचलाइ ३ हजार नगदसहित शिल्ड मेडल प्रमाणपत्र र आकर्षण गिफ्ट पाउने आयोजकले बताएको छ ।