दाङ २८ साउन । सूचना प्रविधि र इञ्जिनियरिङको क्षेत्रमा राप्ती क्षेत्रकै पहिलो राप्ती इञ्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक भिमसेन गिरी दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्य पदमा प्रतिष्पर्धा गरिरहनुभएको छ । २०५६ सालदेखि विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील गिरीले यस क्षेत्रमा सूचना प्रविधि भित्र्याउन विशेष भूमिका निर्वाह गर्नुभएको छ ।
हाल कम्प्युटर एशोशियसन संघ (क्यान) दाङका अध्यक्षसमेत रहनुभएका गिरी विभिन्न सामाजिक संघ संस्थाहरुमा पनि प्रतिनिधित्व गर्नुहुन्छ । कुनै बेला प्युठानको तोरबाङ गाविसमा प्राविधिक सहायक तथा शिव मावि प्युठानमा मावि शिक्षकको रुपमा सेवा गर्नुभएका गिरी यसपटक संयुक्त व्यावसायिक प्यानलबाट दाङ उद्योग वाणिज्य संघको सदस्य पदमा उम्मेदवारी दिनुभएको छ ।