Indrenionline.com

नेपाल पत्रकार महासंघको सचिवमा जिएमले उम्मेदवारी दिने

केशरमान बुढाथोकी
दाङ २७ साउन । नेपाल पत्रकार महासंघको यही भदौ ४ र ५ गते काठमाडौंमा हुने २५ औं महाधिवेशनमा पत्रकार उदय जिएमले सचिव पदमा उम्मेदवारी दिने भएका छन् ।

दाङमा बसेर करिब २ दशक भन्दा बढि समय पत्रकारिता गरेका जिएम दाङका पाका पत्रकार हुन् । भारतको नयाँ दिल्लीबाट प्रकासित नेपाली एकता मासिकबाट पत्रकारिता सुरु गरेका जिएम नयाँ युगबोध राष्ट्रिय दैनिक, जनएकता साप्ताहिक हुदै थुप्रै राष्ट्रिय मुलधारका संचार माध्याममा काम गरेर अनुभव बटुलिसकेका छन्।

करिब १२ बर्ष अन्नपूर्ण राष्ट्रिय दैनिक दाङ समाचारदाताको रुपमा काम गरेर लामो अनुभव बटुलेका जिएम हाल पहिलोपेज डटकमका सम्पादक हुन् भने दी हिमालयन टाइम्सका दाङ समाचारदाताको रुपमा कार्यरत छन् ।

प्रगतिशिल पत्रकार संघका केन्द्रिय महासचिव समेत रहेका जिएमले हाल आदिवासी जनजातितर्फको केन्द्रीय सचिव पदका लागि उम्मेदवारी दिने भएका छन् ।