शरद रेग्मी
तुलसीपुर, २४ साउन । ्दाङको तुलसीपुरमा संचालन भइरहको क्लिन तुलसीपुर अभियानले संचालन गरेको साता ब्यापी सरसफाई अभियानको समापनका अवसरमा बृहत सास्कृतिक सरसफाई कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा सहभागी हुन राष्ट्रिय कलाकारहरु दाङ आईपुगेका छन् ।
अन्य कलाकार सुरविर पण्डित, पलपसा डंगोल, राजु अधिकारी र कमल गाउँले दाङको तुलसीपुर आउने कार्यक्रम तय भएको सरसफाई अभियानका संयोजक बिमल रिजालले जानकारी दिए । बुधवार विहान ७ः ०० बजे देखी तुलसीपुरको वि.पी चोकमा हुन लागेको कार्यक्रममा सरसफाई सम्बन्धि सांस्कृतीक कार्यक्रममा उपस्थितीका लागी संयोजक रिजालले सबैमा आग्रह समेत गरे ।
यस क्षेत्रका दर्जनौ सामाजिक संघसंस्थाहरु, राजनितिक दल, सुरक्षा निकाय, संचारकर्मी एवं आम जनताहरुको प्रत्यक्ष सहभागीतामा संचालन भईरहको क्लिन तुलसीपु्र ग्रिन तुलसीपुर अभियान जनप्रतिनिधीहरु निर्वाचित भईसकेको अवस्थामा स्थानिय तहलाई हस्तान्तरण गर्न लागीएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर बहादुर रावतले जानकारी दिए ।