दाङ, २४ साउन । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल दाङले जिल्लाका सवै सामुदायिक वन समूहहरुलाई सामुदायिक वन राष्ट्रिय दिवस मनाउन आग्रह गरेको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, वन मन्त्रालय र सामुदायिक वनसंग सरोकार राख्ने सरोकारवालाहरु वीच समन्वय गरेर आजदेखि तीन दिनसम्म मनाउने कार्यक्रम तय गरिएको हुदा आफू अनुकुल कार्यक्रम बनाई दिवस मनाउन बिज्ञप्तिमा आग्रह गरिएको छ ।