तुलसीपुर २४ साउन । नेपाल शिक्षक संघ तुलसीपुरका उपमहानगरपालिकाको अध्यक्षमा गुरुजजुर माबिका लेबेन्द्र केसी निर्बिरोध निर्बाचित भएका छन् । संघको उपाध्यक्षमा खिम बहादुर रोका, महिला उपाध्यक्षमा शान्ति न्यौपाने धित्ताल, सचिबमा तिलक राज डाँगी, अर्थ सचिबमा घनश्याम डाँगी, सहसचिबमा प्रकाश भट्टराई, महिला सहसचिबमा बिन्दु गिरी, अर्थ सहसचिबमा टेक प्रशाद भण्डारी, समाबेसी सहसचिबमा निर्मल नेपाली , सुदय चौधरी निर्बाचित भएको मतदान अधिकृत प्रमोद न्यौपानेले जानकारी दिए ।
महिला सदस्यमा खड्ग कुमारी योगी, खुला सदस्यमा एकराज भण्डारी, हरि बहादुर बिश्वकर्म, जगत बहादुर बस्नेत, बिमल गौतम रहेको निर्बाचन समितिका संयोजक गेहेन्द्रराज शर्माले बताए । निर्बाचन समितिका संयोजक गेहेन्द्रराज शर्माको अध्यक्षता तथा नेपाल शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्नेतको प्रमुख आतिथ्यता एबं नेपाल शिक्षक पुर्ब अध्यक्ष अर्जुन योगीको बिशिष्ट आतिथ्यतामा एक कार्यक्रम गरी नब निर्बाचित पदाधिकारीहरुलाई पदहस्तान्तरण गरिएको हो ।
मतदान अधिकृत प्रमोद न्यौपानेले निर्बाचन परिणाम घोषणा गरेका थिए । त्यस अबशरमा निपाल शिक्षक संघ दाङका उपाध्यक्ष अनन्ता केसी, योगराज बस्नेत, महेन्द्र माबि तुलसीपुरका प्रधानध्यापक जीत बहादुर थापा, नबनिर्बाचित अध्यक्ष लेबेन्द्र केसी,लगायतले मन्तव्य व्यक्त गरेका थिए । नेपाल शिक्षक संघका जिल्ला सचिब प्रकाश डाँगीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सदस्य लक्ष्मी न्यौपानले गरेकी थिईन् ।
यसैबीच नेपाल शिक्षक संघले दाङका १० वटै स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिब र अर्थसचिबलाई सहभागी गराई स्थानीय तहमा शिक्षा र संगठनीक सुदृढिकरण बिषयक एक दिने कार्यशाला गोष्ठिको आयोजना गरेको छ । साउन २८ गते घोराहीमा हुने गोेष्ठिमा उपस्थितिका लागि अनुरोध पनि गरिएको छ ।