घोराही, २३ साउन । यही साउन २८ गते हुने नेपाल बार एशोसियसन दाङको निर्वाचनका लागि आज सोमवार प्रजातन्त्रवादी कानून व्यवसायी सघ (डिएलए)ले उमेदवारी दर्ता गराएको छ ।
त्यस्तै सदस्यहरुमा रश्मी पाण्डे धिताल, बद्र्रीरत्न पन्त, सन्जयकुमार केसी, बिनयकुुुमार मिश्र, नारायणप्रससाद रिजाल, बसन्तबहादुर केसी, चिन्तामणि धितालले उमेद्धावारी दर्ता गराएको नेपाल प्रजातन्त्रवादी कानून व्यवसायी एशोसीयसन दाङका अध्यक्ष निर्मल गौतमले जानकारी दिए । पार्षदमा चुनसन चौधरी, दिनेशचन्द पौडेल, धर्मराज ओली, डम्बर बुढाथोकी, अर्जुुनकुमार अधिकारी, बलदेव पाण्डे, गिरबहादुर केसी रहेका छन् ।