इन्द्रेणी संवाददाता
दैलेख २२ साउन। दैलेखका विभिन्न स्थानीय तहमा निर्वाचित प्रमुखहरुले जिल्लाको पर्यटन विकासमा सघाउने प्रतिबद्धता गरेका छन् । नेपाल पर्यटन पत्रकार संघ दैलेखको पहिलो अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनिहरुले यस्तो प्रतिबद्धता गरेका हुन् । नारायण नगरपालिका दैलेखको सभाहलमा भएको कार्यक्रममा बोल्दै महावु गाउपालिकाका अध्यक्ष जंग बहादुर शाहीले जिल्ला भित्र रहेका विविध सास्कृतिक सम्पदाहरु राज्यको पहुँच सम्म पुग्न नसकेकोले त्यस्ता सम्पदाहरु ओझेलमा परेको बताए ।
उनले स्थानीय तहको निर्वाचन सम्पन्न भई निर्वाचित जनप्रतिनिधी मार्फत भएको गाउँ तथा नगर सभाले दैलेख जिल्ला भित्र रहेका धार्मीक तथा सास्कृतिक सम्पदाहरुको विकास तथा पर्यटन विकासमा विशेष जोड दिएको बताए । स्थानीय तहमा भएका सास्कृतिक तथा धार्मीक सम्पदाहरुको विकास तथा प्रचार प्रसारमा जोड दिदै जानेछौ । उनले भने पर्यटन पत्रकार संघ दैलेखले लिएका उदेश्यहरुलाई पुरा गर्नको लागि हामी सधै तयार छौ ।
नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्न बहादुर खड्काले नेपाल पर्यटन पत्रकार संघ दैलेखको पहिलो अधिवेशनबाट निर्वाचित कार्यसमितिले जिल्लाको पर्यटन विकासमा कलम चलाउने विश्वास व्यक्त गरे । उनले नारायण नगरपालिका दैलेखले नगर भित्र रहेका सास्कृतिक तथा धार्मीक सम्पदाहरुको विकास गर्न आफु लागि परेको बताउदै जिल्लाको ११ वटै तहमा भएको पर्यटकिय सम्भावनाहरुलाई उजागर गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाल पर्यटन पत्रकार संघका केन्द्रिय अध्यक्ष धनीराम शर्मा (ऋतुविचार) ले पर्यटन विकासका सम्भावनाहरुलाई उजागर गर्दै विकासमा सहयोग पुर्याउने उदेश्यले संघ विस्तार गरिएको बताए । उनले देशमा रहेका सास्कृतिक तथा धार्मीक सम्पदाहरुको प्रचार प्रसार गर्न सके पर्यटन विकासमा सघाउ पुग्ने बताए । नेपाल भित्र अन्तराष्ट्रिय स्तरमा प्रख्यात सास्कृतिक सम्पदाहरु छन् । उनले भने त्यस्ता सम्पदाहरुको प्रचार प्रसार र विकास गर्न जरुरी छ । देश भित्र रहेको पर्यटन विकासको सम्भावनालाई उजागर गर्दै विदेशी पर्यटकहरुलाई भित्यार्याउन सकेको खण्डमा देशको आर्थीक विकासमा सघाउ पुग्ने धारणा राखे ।
यस्तै नेपाल पर्यटन पत्रकार संघ दैलेखका अध्यक्ष चक्र केसीले दैलेख पर्यटन क्षेत्रको धेरै सम्भावना रहेको बताउदै त्यस्ता सास्कृतिा तथा धार्मीक स्थलहरुको प्रचार प्रसारमा जोड दिनुपर्ने बताएका थिए । उनले निर्वाचित जनतिनिधीहरुले स्थानीय तहमा भएको सम्भावनाहरुको खोजी गरि त्यसको विकास र प्रबद्र्धनमा जोड दिन सुझाव समेत दिएका छन् ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा दैलेखका उपाध्यक्ष कविराज खत्री, मजदुर किसान पार्टीका जिल्ला सदस्य कुमार विक्रम शाही, धमाका दैनिकमा प्रकाशक सम्पादक विष्णु शर्मा लगाएतले आआफ्नो धारणा राखेका थिए ।
नयाँ कार्यसमितिको अध्यक्षमा केसी
यसैगरी नेपाल पर्यटन पत्रकार संघ दैलेखको पहिलो अधिवेशनले चक्र केसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्बसम्मत चयन गरिएको छ । नयाँ कार्य समितिको बरिष्ठ उपाध्यक्षमा लोकेन्द्र पौड्याल, महिला उपाध्यक्षमा पुजा भण्डारी चयन भएका छन् । संघको सचिवमा हिक्मत कुमार परियार, सह सचिव महिला चन्द्रा बोहोरा, सह सचिव नमराज आचार्य र कोषाध्यक्षमा उदयराज अधिकारी लाई चयन गरिएको छ ।
यस्तै सदस्यहरुमा पृथ बयलकोटी, कमला विसी, खगेन्द्र रानामगर, राजेश शाही, रमेश भट्टराई र रमेश विसी रहेका छन् । पहिलो अधिवेशनले असोज ४ गते बर्दियाको ठाकुरद्धारमा हुने राष्ट्रिय भेलामा सहभागि प्रतिनिधी समेत चयन गरेको छ । राष्ट्रिय भेलामा सहभागि हुनका लागि जिल्ला कार्य समितिका अध्यक्ष चक्र केसी, विष्णु शर्मा र ज्योती कटुवाललाई चयन गरेको हो ।