तुलसीपुर, २१ साउन । तुलसीपुर नगर जेसीजले शनिवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी बिभिन्न संघसंस्थामा निर्वाचित पदाधिकारी एव सदस्यहरुलाई सम्मान गरेको छ ।
कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघ, रोटरी क्लव , रोटर्याक्ट क्लव तथा लायन्स क्लवका पदाधिकारी एव सदस्यहरु, तुलसीपुर नगर विकास समतिका अध्यक्ष तथा राप्ति अंचल सार्वजनिक यातायात ब्यवसायी समितिका कार्यालय प्रमुखलाई सम्मान गरिएको थियो ।