घोराही, २१ साउन । नेपाल मगर संघ तुलसीपुर उपमहानगरपालिकाको छैठौँ अधिबेशनको आज शनिबार विजौरीमा उद्घाटन गरिएको छ । अधिबेशनको नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष गुरुप्रसाद घर्ती मगरले गरे ।
अधिबेशन उद्घाटन अवसरमा बोल्ने बक्ताहरुले पछिल्लो समयमा जातीय पहिचानको मुद्धाले प्राथमिकता पाएको भन्दै त्यसका लागि कला, सस्कृती र सस्कारको संरक्षण गर्नुपर्ने बताएका थिए । कला सस्कृतीले जातीय पहिचान दिने बक्ताहरुले बताएका थिए ।