इन्द्रेणी संवाददाता
दाङ, २१ साउन । जिल्ला समन्वय समिति (जिसस)का लागि आज मनोन्वयन दर्ता भएको छ । नेकपा एमालेका तर्फबाट जितेन्द्रबहादुर नेपालीले उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले दाङका इञ्चार्जसहित केही नेताहरुले दाङ जिल्ला उद्योग वणिज्य संघको अध्यक्ष एमालेलाई, जिल्ला वारको अध्यक्ष काग्रेसलाई र जिसस सभापति एमालेलाई दिने गरी सहमति गरेको वाहिर आएको छ ।
‘उद्योग वाणिज्य संघ एमालेलाई, वार काग्रेसलाई र जिसस एमालेलाई दिने गरी सहमति भएको छ’, नेपाली काग्रेस दाङका सचिव शंकर डाँगीले भने, ‘त्यसैअनुसार हामीले मनन्वयन दर्ता गराएका छौं ।’
यता नेकपा माओवादी केन्द्र र एमाले दाङले शनिवार नै विज्ञप्ति जारी गरी असार २३ गते दुई पार्टीबीच भएको सहमति अनुसार नै उम्मेदवारी दर्ता गरिएकाले भ्रम नपर्न आग्रह गरिएको छ । माओवादी केन्द्रका जिवन गौतम र एमालेका कार्यवहाक अध्यक्ष हुकुमबहादुर वस्नेतले सयुक्त विज्ञप्ति जारी गरेर यस्तो जानकारी दिएका छन् ।
नेपाली काग्रेसले पनि एमालेसँग भएको सहमति अनुसार उम्मेदवारी दर्ता गराएको छ । जसमा उपप्रमुखमा नित्यानन्द शर्मा, सदस्यहरुमा बिनोद पाण्डे, लोका बिक र ईन्द्रकुमारी अधिकारीको उम्मेदवारी परेको छ ।साउन ३२ गते हुने जिल्ला समन्यव समितिको निर्बाचनमा१० स्थानीय तहका प्रमुख उपप्रमुख गरी २० जनाले मतदान गर्ने छन् । जसमा नेकपा एमालेका १०, कांग्रेसका ८ र माओबादीका २ मतदाता रहेका छन् ।