
दाङको क्रिकेट क्षेत्र राष्ट्रमै गौरवपूर्ण स्थानमा रहेको हाल सम्म जिल्ला बाट धेरै अन्तराष्ट्रिय खेलाडी उत्पादन भैसकेको छन। जिल्लामा क्रिकेटको धेरै सम्भावना र उत्साह भएपनि खेलमैदान, खेल अभ्यास गर्ने ठाउँ, क्रिकेट प्रशिक्षक, क्रिकेट प्रशिक्षण केन्द्र नभएकोले सोचेजस्तो खेलाडीहरु उत्पान गर्न नसकेको अध्यक्ष मजगैयाले बताउनु भएको थियो । ज्ञापन पत्र बुझ्दै अध्यक्ष रमेश कुमार पाण्डेले खेल क्षेत्रको बिकास र लगानीमा प्रतिबद्ध रहेको बताए।
खेलाडीहरुको सम्भाबना र आबस्यक पूर्वाधार निर्माणका लागि निति र बजेट निर्माण गर्ने प्रतिबद्धता जनाए। आफुपनि क्रिकेट संघ संग लामो समय आवध्द भएको र क्रिकेटको सबै समस्या बुझेकोले आगामी दिनमा क्रिकेटको बिकासको लागि सक्दो सहयोग गर्ने जनाएका थिय। सो अबसरमा घोराही नगर बिकासका नवनिर्वाचित अध्यक्ष बसन्त चौधरी, र घोराही उपमहानगरपालिकाका कार्यकारी कृष्ण प्रसाद सापकोटा लगायतले क्रिकेट प्रशिक्षण केन्द्र बनाउन आवस्यक जग्गा व्यस्थापन गर्न सकिने बताएका थिय। ज्ञापनपत्र बुझाउने टोलीमा संघका अध्यक्ष प्रदिप मजगैयाँ, सल्लाहकारहरु सबिन प्रियासन र कैलास रोका उपाध्य अशोक रोका, सदस्य मिनेश श्रेष्ठ सहभागी थिय।
केहि समय पहिला देखि संघले प्रदेस स्तरीय रंगशालामा, क्रिकेट मैदानको निर्माण लागायतका माग राखी पुर्ब खेलकुद मन्त्रि दलजित सेरपाईली, पूर्व अर्थ मन्त्रि कृष्णबहादुर महरा, घोराही, लमही, तुलसीपुरका नगर प्रमुखहरु लगायत सरोकारवालाहरुलाई ज्ञापनपत्र बुझाएको थियो।