रबिन्द्र यादव
परासी, १९ श्रावण । सुनवल नगरपालिकाको नव निर्वाचति मेयर भरत थापा सहित विभिन्न निर्वाचित जनप्रतिनिध एवं जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । नेपाली कांग्रेस सुनवल नगरपाकिलाको वडा नं. ५ ले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई एवं सम्मान कार्यक्रममा ति जनप्रतिनिध एवं जेष्ठनागरिकहरुलाई सम्मान गरिएको हो ।
वडा सभापति मान बहादुर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एवं नेपाली कांग्रेसका केन्दिंय सदस्य देवेन्द्रराज कण्डेल, नेका जिल्ला सभापति विष्णु लामिछाने, मेयर भरत थापा, नेका पुर्व क्षेत्रिय सभापति गुणनिधि तिवारी, तरुणदल जिल्ला सदस्य यज्ञ पौडेल, देउरुपा गौतम लगायतले मन्तब्य राखेका थिए ।