Indrenionline.com

एघार दिनदेखि शव अस्पतालमै

शरद रेग्मी
तुलसीपुर, १५ साउन । एघार दिन अघि सडक दुर्घटनामा मृत्यु भएकी जानका चौधरीको शव राप्ती अञ्चल अस्पतालमा अलपत्र अवस्थामा छ । साउन ५ गते तुलसीपुर १३ वखरियामा भएको मोटरसाइकलको ठक्करवाट ३८ वर्षिय चौधरीको मृत्यु भएको थियो । मृतकका परिवारले शव वुझन नमानेपछि चौधरीको शव एघार दिनदेखि राप्ती अञ्चल अस्पतालमा रहेको छ ।

परिवारले क्षतिपूर्ति र दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गरेको मृतकका श्रीमान तुलसीराम चौधरीले बताए ।
उनका अनुसार घटना हुंदा आफू विदेशमा रहेको र घटना वारे वुझदा मोटरसाइकल चालक तुलसीपुर १३ रनियापुर निवासी विनोद सार्कीले चलाएको रा.१ प ४३३७ नम्बरको मोटरसाइकलले ठक्कर दिदा जानकाको मृत्यु भएको भन्दै तत्काल घटनावारे गम्भिर हुन सरोकारवालालाई अनुरोध गरेका छन् ।

तत्काल दोषीलाई कारवाही नभएसम्म शव नवुझ्ने समेत परिवारले जनाएको छ । यता इलाका प्रहरी कार्यालय तुलसीपुरले घटना सम्वन्धी दुवै पक्ष विच छलफल र वार्ता भइरहेको जनाएको छ । प्रहरी निरिक्षक प्रकाश चन्द्र गुप्ताका अनुसार आज आईतवार पनि दुवै पक्षविच छलफल गरिने वताइएको छ ।