Indrenionline.com

जनप्रतिनिधिहरुलाई पत्रकार महासंघको स्वागत

 

इन्द्रेणी संवाददाता
दाङ, १५ साउन । नेपाल पत्रकार महासंघ दाङले स्थानीय नियकाका जनप्रतिनिधहरुलाई स्वागत तथा सम्मान गरेको छ । आज आइतवार घोराहीमा कार्यक्रमको आयोजना गरी प्रमाणपत्र र खादाले सम्मान गरेको हो ।

जनप्रतिधिहरुलाई स्वागत कार्यक्रम एवं दाङलाई स्वच्छ, संमृद्ध र प्रादेशिक राजधानी बनाउने विषय अन्तक्र्रिया कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदीप शर्मा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलगायत जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले दाङ प्रादेशिक राजधानी बनाउन उपयुक्त भएको भन्दै सबैले पहल गर्न आवश्यक रहेको बताए । दाङ प्रादेशिक राजधानी बनाउनका लागि भुगोल, वातावरणलगायत सबै थेग्न सक्ने भएकाले प्रदेश नंंं. ५ को राजधानी बनाउन उपयुक्त भएको वक्ताहरुको तर्क थियो ।

कार्यक्रममा पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सुदीप गौतम दाङ प्रादेशिक राजधानी बनाउन समेटिएका आधारहरुसहित विषय प्रवेश गराएका थिए ।