इन्द्रेणी संवाददाता
दाङ, १२ साउन । दाङको घोराही नगर विकास समितिका नवनियुक्त अध्यक्ष वसन्तकुमार चौधरीले आजदेखि पदभार ग्रहण गरेका छन् । आज विहीबार एक कार्यक्रमकाबीच उनले पदभार ग्रहण गरेका हुन् ।
कार्यक्रममा सहभागीहरुले अम्वापुर जग्गा विकास आयोजनालाई निरन्तरता दिनुपर्ने र नगर विकासले गर्नुपर्ने धेरै काम रहेकाले ती कामले समयमै निरन्तरता दिन सुझाव दिएका थिए । चौधरी यही साउन ४ गतेको मन्त्रिपरिषदको निर्णयबाट अध्यक्ष पदमा नियुक्त भएको थिए ।