इन्द्रेणी संवाददाता
दाङ, १२ साउन । प्रेस चौतारी प्रदेश नंम्बर ५ को विस्तारित बैठक आजदेखि दाङको घोराहीमा शुरु भएको छ । बैठकको उद्घाटन एमाले नेता शंकर पोख्रेलले गरेका छन् ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश वस्नेतले पत्रकारहरुलाई आफ्नो भूमिका निपक्ष रुपमा निर्वाह गर्न आग्रह गरे ।
५ नम्बर प्रदेश इञ्चार्ज सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्ति एवं संस्थाका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए ।