सल्यान, ११ साउन । सल्यानका १० वटा स्थानीय तहमा कर्मचारी खटाइएको छ । गत वैशाख ३१ गते सम्पन्न भएको स्थानीय निर्वाचनबाट स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि जिल्लाका १० वटै स्थानीय तहमा १८१ जना कर्मचारी खटाइएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
स्थानीय तहमा खटाइएका कर्मचारीमा जिल्ला कृषि विकास कार्यालयबाट ४४ जना, जिल्ला समन्वय समितिबाट ३७ जना, पशुसेवा कार्यालयबाट ३७ जना, जिल्ला शिक्षा कार्यालयबाट २५ जना, महिला तथा बालबालिका कार्यालयबाट १२ जना खटाइएको छ ।
त्यसैगरी, जिल्ला प्राविधिक कार्यालयबाट छ जना, जिल्ला वन कार्यालयबाट छजना, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट पाँचजना, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट चार, जिल्ला युवा समितिको कार्यालयबाट तीन र जिल्ला भूसंरक्षण कार्यालयबाट दुईजना गरी १८१ जना कर्माचारी स्थानीय तहमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनले बताए ।