दाङ, ८ साउन । दाङमा पहिलो चरणमा दश वटै स्थानीय तहमा एक सय भन्दा वढी कर्मचारी खटाइएको छ । नयाँ संघीय संरचनाअनुसार कर्मचारहिरु खटाइएको जिल्ला कर्मचारी व्यवस्थापन समितिले जनाएको छ ।
नगरपालिकामा १० जना, गाउँपालिकामा ९ जना तथा हरेक वडामा कम्तिमा ३ जना कर्मचारी खटाउने निर्णय भएअनुसार कर्मचारीको रोजाई, घरपायक, कार्यक्षेत्र, उमेर लगायतलाई आधार मानेर खटाइएको छ ।
सामान्य प्रशासन तर्फका कर्मचारी खटाउन खासै समस्या नभएपनि प्राविधिक तथा क्षेत्र नमिल्ने जनशक्ति भने व्यवस्थापन गर्नमा केही जटिलता देखिएको स्थानीय विकास अधिकारी जिसीले बताए। दाङका दश वटा स्थानीय तहमा कार्यरत बाहेक अन्यत्रबाट ६० प्रतिशत कर्मचारी व्यवस्थापन गर्नुपर्ने देखिएको छ ।