तुलसीपुर १ साउन । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ को आइतबार सम्पन्न सर्वपक्षिय छलफल कार्यक्रमले तुलसीपुर बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको छ । बजारक्षेत्रलाई कोलाहल न्युनिकरण गरी ध्वनी प्रर्दुशन कम गर्न यही साउन ११गतेदेखि लागु हुने गरि हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो ।
त्यसैगरी छलफलले बजारक्षेत्रमा विहानको अफीस समयमा हुने सवारी आवागनको चापलाई थप व्यवस्थीत गर्न बजार क्षेत्रमा हुदै आएको मालवहाक गाडी लोड अनलोडको निश्चित समय निर्धारण समेत गरेको छ । जसअनुसार साउन ११ गते देखी लागु हुने गरी विहान ९ बजेदेखी ११ बजे सम्म कुनै पनि मालवहाक गाडी लोडअनलोड गर्न नपाउने निर्णय गरेको वडा अध्यक्ष विरेन्द्र कुमार शाहले जानकारी दिए ।