तुलसीपुर, ३० असार । विद्यार्थीहरुको सोचमा सकारात्मक परिवर्तन नहुदासम्म शैक्षिक उपलब्धि हासिल नसकिने कुरा तुलसीपुरमा आयोजित कार्यक्रमका वक्ताहरुले वताएका छन् ।
तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष विरु रावतको प्रमुख आतिथ्यता एवम् सह प्राचार्य मनोज कुमार केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य सुरेन्द्र जिसी,पत्रकार दुर्गालाल केसी, व्यवस्थापन संकायका राकेश डिसी,रवि चापागाइ र विद्यार्थीका तर्फबाट मिलन थापा र सुवास सुवेदी लगायतले आफ्ना विचार राखेका थिए ।