इन्द्रेणी संवाददाता
दाङ, ३० असार । निर्माण व्यवसायी रणबहादुर घर्तीको हत्याको विरोधमा आज शुक्रवार दाङको घोराहीमा मौन जुलुश निकालिएको छ । घोराहीको ट्राफिक चोकबाट शुरु भएको जुलुशले घोराही बजार हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्ना समेत दिएको थियो ।
घोराही १२ हापुर निवासी घर्ती जेठ २६ गते तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेर थिए भने उनी तीन दिन अघि मात्रै सल्यानको छत्रेश्वरी ४ झिम्पेको खर्सुगैराको खोचमा मृत फेला परेका थिए ।