दाङ,२९ असार । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का अध्यक्ष बिरेन्द्रकुमार शाहले ज्ञान ज्योति प्राबि सुन्दरनगर,५ तुलसीपुरमा अध्ययनरत २ सय वालवालिकाहरुलाई बिद्यालय पोशाक उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । आफ्नो ब्यक्तिगत रकमले २ सय वालवालीकालाई बिद्यालय पोशाक बितरण गर्ने प्रतिबद्धता जनाएका हुन् ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरीबहादुर बिकको अध्यक्षतामा आयोजीत उक्त कार्यक्रममा १ सय २२ जना दलीत छात्रछात्र र अन्य २२ जनालाई प्रति बिद्यार्थी ४ सयको दरले बितरण गरिएको थियो । पातुखोला तटीय क्षेत्रको सुरक्षा र हरियालीका लागि वडा नम्वर ५ ले आरम्भ गरेको कार्यक्रम उक्त बिद्यालयको आसपासमा पनि बृक्षारोपण गरिएको वडा सदस्य सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।
सो अबसरमा वडा नम्वर ५ मा नवनिर्बाचित वडा अध्यक्ष बिरेन्द्रकुमार शाह,महिला सदस्य साबित्रा गुरुङ,मधुमती सुनार,सुरेशकुमार श्रेष्ठ र अजय बुढाथोकीलाई शुभकामना तथा वधाई ज्ञापन गरिएको थियो ।