दाङ, २८ असार । जिल्ला वन कार्यालय र घोराही उपमहानगरपालिकाको साझेदारीमा दाङको हापुर बिजौरीमा नगर वन उद्यान निर्माण गरिएको छ ।
बृक्षरोपणको शुरुवात गर्दै घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले सवैको साझा प्रयासबाट उद्यानलाई नमुनायोग्य उद्यान बनाउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
जिल्ला वन अधिकृत सूर्यकान्त सिग्देलले जिल्ला वन र उपमहानगरपालिका मिलेर थालिएको काममा सवैको साथ जरुरी रहेको बताए ।वन नगर उद्यानमा आज धुपी, लालुपाते, अशोक, स्वामी, गोलमोहर लगायत प्रजातीका २ सय बढी बिरुवा लगाइएको र केही दिनमै अरु २ सय ५० बिरुवा लगाइने जिल्ला वन कार्यालय दाङले जनाएको छ ।